काठमाडौं: अभिनेत्री अशिष्मा नकर्मीको विवाह हुँदैछ। फागुन २८ गते उनको विवाहको मिति तय भएको हो। काठमाडौं बानेश्वरका नविनचन्द्र प्रधानसँग अशिष्माको मागी विवाह हुन लागेको अशिष्मा स्वयंमले सार्वजनिक गरिन्।
पेशाले चार्टर्ड अकाउन्टेन्ट रहेका नविन अमेरिकामा बस्दै आएका छन्। उनी अशिष्मामा भाइको साथी हुन्। अशिष्मा र नविनको विवाह कालिमाटी स्थित एक बैंकेटमा नेवारी परम्परा अनुसार गरिने भएको छ ।
नेवारी फिल्म र म्युजिक भिडियोमा राम्रो पहिचान बनाएकी अशिष्मा सन् २००३ बाट नेपाली फिल्म क्षेत्रमा सक्रिय छिन्। फिल्म अर्धकट्टीबाट डेब्यु गरेकी उनले राघव,तोरीलाउरे, लभ यु बाबा, अन्तराल, बाटो मुनिको फूल २, संरक्षण लगायत फिल्ममा अभिनय गरेकी छन्।