
काठमाडौं : नेपालका कप्तान पारस खड्काले लिस्ट ए क्रिकेटमा सातौँ अर्धशतक बनाएका छन्। आइसीसी वर्ल्डकप क्वालिफायर अन्तर्गत स्कटल्याण्ड विरुद्ध भइरहेको खेलमा उनले ५० रन बनाउदै उक्त उपलब्धी हासिल गरे।
पारसले २६औँ ओभरको पाँचौ बलमा अलासदइर इभान्सलाई १ रन प्रहार गर्दै ५० रन पुरा गरे।
१-१ हुँदा क्रिजमा पुगेका कप्तान पारसले नेपालको ३९-५ को स्थितालाई उकास्ने क्रममा सोमपाल कामीसँग छैटौँ विकेटका लागि ४२ रनको साझेदारी गरेका थिए।
यस्तै पारस नेपालका लागि लिस्ट ए क्रिकेटमा १००० रन पुरा गर्ने पहिलो खेलाडी समेत बनेका छन्। टस सोलेको बलमा मुनसेद्वारा क्याचआउट हुनुअघि पारसले ७५ बल खेलेर १० चौकाको मद्दतमा ६३ रन बनाए।