काठमाडौं: नेपाल बन्दको प्रचार गर्दै हिड्ने जनमुक्ति लडाकु समूहका अध्यक्ष रञ्जित गुरुङलाई प्रहरीले पक्राउ गरेको छ।
महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले गुरुङलाई बिहिवार दिउसो काठमाडौंको न्युरोडबाट पक्राउ गरेको काठमाडौं परिसर प्रमुख एसएसपी विश्वराज पोखरेलले बताए।
गुरुङको समूहले शुक्रबार र शनिबार नेपाल बन्दको आह्वान गर्दै प्रचार गरेका थिए।