PahiloPost

Sep 14, 2025 | २९ भदौ २०८२

वर्ल्डकप क्वालिफायर : नेपालले दियो स्कटल्याण्डलाई १५० रनको लक्ष्य



पहिलोपोस्ट

वर्ल्डकप क्वालिफायर : नेपालले दियो स्कटल्याण्डलाई १५० रनको लक्ष्य
फोटो : आइसीसी

काठमाडौं : क्रिकेट वर्ल्डकप क्वालिफायरमा नेपालले स्कटल्याण्डलाई १५० रनको लक्ष्य दिएको छ। बुलावायोस्थित क्वीन्स स्पोर्ट्स क्लबमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ४७.४ ओभरमा १४९ रनमा अलआउट भयो।

कप्तान पारस खड्काले अर्धशतक बनाएपनि नियमित अन्तरमा विकेट गुमाउँदा नेपाल सुरुवातमै दबाबमा परेको थियो।

ओपनिङमा पुरानै समस्या दोहोरिदा नेपालले दोस्रो ओभरमै ज्ञानेन्द्र मल्ल (१) र तेस्रो ओभरमा दीलिप नाथ (४) लाई गुमाएको थियो। दीपेन्द्र ऐरी (१) शरद भेषावकर (०) तथा आरिफ शेख (२) रनमा आउट भए।

३९ रनमा ५ विकेट गुमाएको नेपालको स्कोर उकास्न पारस र सोमपाल कामीले छैटौँ विकेटका लागि ४२ रनको साझेदारी गरेका थिए। कप्तान पारसले ७५ बल खेल्दै १० चौकाको मद्दतमा ६३ रन बनाए।

यस्तै सोमपाल कामीले १८ तथा रोहित पौडेलले १५ रन जोडे। बसन्त रेग्मी २४ रनमा नटआउट रहे।

नेपाललाई कम स्कोरमा रोक्न स्कटल्याण्डका स्टुअर्ट ह्विलिङटनले ३ तथा सफयान सरिफ र एलासदइर इभान्सले समान २ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell