PahiloPost

Sep 14, 2025 | २९ भदौ २०८२

बुद्ध लामाको गुनासो-मैले पुरस्कारको कार पाइनँ



पहिलोपोस्ट

बुद्ध लामाको गुनासो-मैले पुरस्कारको कार पाइनँ

काठमाडौं: पहिलो नेपाल आइडल बनेका बुद्ध लामाले आफूले पुरस्कारमा जितेको कार नपाएको भन्दै सहयोग गरिदिन आग्रह गरेको अडियो क्लिप यतिबेला चर्चामा छ।

एक मिनेटको अडियो क्लिपमा उनले भनेका छन्, 'मैले अहिलेसम्म पुरस्कारमा पाएको कार पाएँ। तर ब्लुबुक पाएको छैन। ब्लुबुक नपाएपछि गाडी कसरी चलाउने?'

उक्त क्लिपमा उनले नगद पुरस्कारसमेत नपाएको गुनासो गरेका छन्। एपी वान टेलिभिजनले सञ्चालन गरेको रियालिटी शो नेपाल आइडलका विजेता बनेका पोखराका बुद्ध लामाले २० लाख रुपैयाँ नगद र महिन्द्राको केयुभी १०० गाडी पाएका थिए। साथमा उनले १५ लाख बराबरको भिडियो एल्बम र कन्ट्रयाक्टसमेत पाएका थिए।

गत असोजको सात गते कतारको दोहामा भएको फाइनलमा उनले उपाधिसँगै ती पुरस्कार पाउने घोषणा गरिएको थियो। उनको गुनासो भाइरल बन्दै गर्दा हामीले बुद्धसँग प्रतिक्रिया लिनका लागि प्रयास गरेका थियौ। तर उनी भने सम्पर्कमा आउन चाहेनन्।

यसबारे एपी वान टेलिभिजनका प्रबन्ध निर्देशक लक्ष्मी पौडेलले भने आफूहरुले कन्ट्रयाक्टअनुसारको सबै पुरस्कार दिइसकेको दाबी गरे। पौडेलले भने-हामीले कार दिइसक्यौं। उनले कर नतिरेकोले यातायातले ब्लुबुक दिएको छैन। 

यसैगरी चेक बाउन्सबारे बुझ्दा पौडेलले भने-उनले पटकपटक चेक बाउन्स भएको भनेका रहेछन्। चेक बाउन्स भयो भने कानुनी रुपमा हामीलाई पक्राउ गर्ने कानुन छ। उनले चेकमा समस्या भयो भनेपछि हामीले कन्ट्रयाक्टअनुसार क्यास नै दिइसकेका छौं।

पौडेलले भिडियो एल्बमसमेत बुद्धले भनेकै व्यक्तिलाई राखेर काम सुरु भइसकेको दाबी गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell