
पोखरा : प्रोफेसनल गल्फर जयराम श्रेष्ठले वेस्टर्न ओपन गल्फको दोस्रो दिनको समाप्तीमा ४ स्ट्रोकको अग्रता बनाएका छन्। दोस्रो दिन ईभन पार ७० अंकका साथ समग्रमा १ ओभर १४१ अंक जोडेको जयराम शीर्ष स्थानमा छन्।
पोखराको हिमालयन गल्फ कोर्समा जारी प्रतियोगितामा जयरामले ३६ होलको समाप्तीमा एम्योचर खेलाडी अजित बिके र धन बहादुर थापालाई ४ स्ट्रोकले पछि पार्दै करियरको पहिलो उपाधी नजिक पुगेका छन्।
एमेच्योर तथा लोकल गल्फर अजित बिके र धन बहादुर थापा समग्रमा ५ ओभर १४५ अंकका साथ संयुक्त रूपमा दोस्रो स्थानमा छन्। अजितले दोस्रो दिन ४ ओभर ७४ अंक जोडे।
नेपालका नम्बर एक गल्फर शिवराम श्रेष्ठसँगै भुवन नगरकोटी र भु बहादुर गुरूङ ६ ओभर १४६ अंक सहित संयुक्त रूपमा तेस्रो स्थानमा छन्।
३६ होलको समाप्तीमा २३ ओभर १६३ अंक बनाउने २१ प्रोफेसनल र ६ एमेच्योर खेलाडी कट बनाउन सफल भएका छन्।