PahiloPost

Sep 14, 2025 | २९ भदौ २०८२

न्यू डायमण्डलाई हराउँदै एपीएफ च्याम्पियन 



पहिलोपोस्ट

पर्वत : दोश्रो दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि एपीएफले जितेको छ। बिहीवार भएको फाइनलमा शिवम् न्यू डायमण्ड एकेडेमीलाई ३–१ को सेटमा पराजित गर्दै एपीएफ च्याम्पियन बनेको हो।

एपीएफले न्यू डायमण्डलाई २५–१८, १२–२५, २५–१६, २५–११ ले पराजित गर्‍यो। यसैगरी नेपाल पुलिसले नेपाल आर्मीलाई ३–१ को सेटमा हराउँदै तेस्रो स्थान हात पार्‍यो।

पहिलो सेट २२–२५ ले गुमाए पनि पुलिसले खेलमा फर्कदै लगातर तीन सेट २५–२०,२५–२२, २५–११ ले आफ्नो पक्षमा पारेको हो।

रेडियो दिदिबहिनी ९५.२ मेगाहटको आठौं बार्षिक उत्सव तथा दशौं बृहत महिला महोत्सबका अवसरमा फागुन २२ देखि संचालन भएको प्रतियोगिताको विजेता एपीएफले १ लाख, उपविजेता न्यू डायमण्डले ६० हजार र तेश्रो नेपाल पुलिसले ४० हजार नगद सहित ट्रफी, मेडल प्राप्त गरे।

साबित्री कन्चनजंगा अगरबत्तीको मुख्य प्रयोजन रहेको प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी एपीएफकी सरस्वती चौधरी घोषित भइन्। उनले १० हजार प्राप्त गरिन्।

व्यक्तिगत उत्कृष्टतर्फ न्यू डायमण्डका खेलाडी अगाडी रहे। न्यू डायमण्डी प्रतिभा माली उत्कृष्ट स्पाईकर, कृपा अधिकारी उत्कृष्ट सेटर र सलिना श्रेष्ठ उत्कृष्ट डिफेन्स घोषित भए।

नेपाल पुलिसकी कमला पुन उत्कृष्ट सर्भर तथा एपीएफकी उषा बिष्ट उत्कृष्ट ब्लकर घोषित भईन्। एपीएफलाई च्याम्पियन बनाएका ज्ञानेन्द्र बिष्ट उत्कृष्ट कोच चुनिए। विधागत उत्कृष्टले नगद ३ हजार हात पारे।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell