PahiloPost

Sep 14, 2025 | २९ भदौ २०८२

वर्ल्डकप क्वालिफायर : लगातार तेस्रो जितपछि स्कटल्याण्ड सुपर सिक्समा, नेपाल ४ विकेटले पराजित



पहिलोपोस्ट

वर्ल्डकप क्वालिफायर : लगातार तेस्रो जितपछि स्कटल्याण्ड सुपर सिक्समा, नेपाल ४ विकेटले पराजित
फोटो : आइसीसी

काठमाडौं : जिम्बावेमा भइरहेको क्रिकेट वर्ल्डकप क्वालिफायरमा नेपाल आफ्नो दोस्रो खेलमा स्कटल्याण्डसँग ४ विकेटले पराजित भएको छ।

लो स्कोरिङ म्याचमा नेपालका बलरहरुले सुधारिएको प्रदर्शन गरेपनि केल कोत्जरले उत्कृष्ट ब्याटिङ गर्दै नटआउट ८८ रन बनाउँदै स्कटल्याण्डलाई लगातार तेस्रो जित दिलाए।

लगातार तेस्रो जितपछि स्कटल्याण्ड ६ अंक जोड्दै समूह बी बाट सुपर सिक्समा स्थान बनाउन सफल भएको छ। नेपालले भने अब सुपर सिक्समा स्थान बनाउन अफगानिस्तान र हङकङ विरुद्धको खेल जित्नैपर्नेछ।

१५० रनको लक्ष्य स्कटल्याण्डले ४१.३ ओभरमा ६ विकेट गुमाएर पुरा गर्‍यो। ओपनर कोत्जरले स्कटिङ इनिङ्स सम्हाल्दै १३६ बल खेलेर ७ चौका र ३ छक्का प्रहार गरे।

यस्तै स्कटल्याण्डका लागि वालेसले १७ तथा  कलुम म्यालेओडले १५ रनको योगदान गरे। ओपनर म्याथ्यु क्रसले १४ रन जोडे।

नेपाली बलरहरुले नियमित विकेट झारेपनि ओपनर कप्तान कोत्जरको विकेट लिन नसक्दा नेपाल पराजित भयो।

त्यसअघि बुलावायोस्थित क्वीन्स स्पोर्ट्स क्लबमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ४७.४ ओभरमा १४९ रनमा अलआउट भयो।

कप्तान पारस खड्काले अर्धशतक बनाएपनि नियमित अन्तरमा विकेट गुमाउँदा नेपाल सुरुवातमै दबाबमा परेको थियो।

ओपनिङमा पुरानै समस्या दोहोरिदा नेपालले दोस्रो ओभरमै ज्ञानेन्द्र मल्ल (१) र तेस्रो ओभरमा दीलिप नाथ (४) लाई गुमाएको थियो। दीपेन्द्र ऐरी (१) शरद भेषावकर (०) तथा आरिफ शेख (२) रनमा आउट भए।

३९ ओभरमा ५ विकेट गुमाएको नेपालको स्कोर उकास्न पारस र सोमपाल कामीले छैटौँ विकेटका लागि ४२ रनको साझेदारी गरेका थिए। कप्तान पारसले ७५ बल खेल्दै १० चौकाको मद्दतमा ६३ रन बनाए।

यस्तै सोमपाल कामीले १८ तथा रोहित पौडेलले १५ रन जोडे। बसन्त रेग्मी २४ रनमा नटआउट रहे।

नेपाललाई कम स्कोरमा रोक्न स्कटल्याण्डका स्टुअर्ट ह्विलिङटनले ३ तथा सफयान सरिफ र एलासदइर इभान्सले समान २ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell