PahiloPost

May 11, 2026 | २८ बैशाख २०८३

मनमैजु डोजाङ टिम च्याम्पियन



पहिलोपोस्ट

मनमैजु डोजाङ टिम च्याम्पियन

काठमाडौं : प्रथम एभरेष्ट आमन्त्रण भ्याली च्याम्पियनसिप तेक्वान्दोमा मनमैजु डोजाङ टिम च्याम्पियन बनेको छ।

एभरेष्ट वर्ल्ड क्लास तेक्वान्दो अमेरिकाको आयोजनामा भैसेपाटीस्थित गोलपोष्ट स्पोर्टस एण्ड ट्रेनिङ सेन्टरमा भएको एक दिने प्रतियोगितामा मनमैजु डोजाङल ७ स्वर्ण ३ रजत र ५ काश्यसहित टिम च्याम्पियन बनेको हो ।

त्यस्तै ६ स्वर्ण ४ रजत र ७ काश्य जितेको चुनीदेवी डोजाङ टिम द्धितिय तथा ४ स्वर्ण ५ रजत र ३ काश्य जितेको माइती नेपाल टिम तृतिय भयो।

एकदिने प्रतियोगिता जुनियरतर्फ छात्र र छात्राको १०-१० बिधामा प्रतिस्पर्धा भएको थियो। प्रतियोगितामा महिलातर्फ ४० र पुरुषतर्फ ६२ खेलाडी सहभागी थिए। 

जुनियर छात्रतर्फ मनमैजूका राजेश खत्री र सिनियरतर्फ माइती नेपालका अर्जुन थापा उत्कृष्ट फाइटर बने। त्यस्तै छात्राको जुनियरतर्फ ईसीडीसीकी पुष्पा बादी र सिनियरतर्फ चुनिदेवीकी कविता मोक्तान उत्कृष्ट फाइटर बने।

नारी दिवसको उपलक्ष्यमा आयोजना गरिएको प्रतियोगिताको उद्घाटन नेकपा माओवादी केन्द्रकी नेतृ तथा सांसद पम्फा भुसालले गरेकी थिइन्।

टिम च्याम्पियनले २० हजार, दोस्रो हुनेले १५ हजार र तेस्रो हुनेले १० हजार पुरस्कार पाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell