PahiloPost

Aug 27, 2026 | ११ भदौ २०८३

तिलोत्तमा गोल्डकप : रुपन्देहीले सुदूरपश्चिम–११ लाई हरायो



चन्द्रकान्त खनाल

तिलोत्तमा गोल्डकप : रुपन्देहीले सुदूरपश्चिम–११ लाई हरायो

रुपन्देही :  तिलोत्तमा गोल्डकपको २०औ संस्करणको उद्घाटन खेलमा आयोजक रुपन्देही-११ ले विजयी शुरुवात गरेको छ। एन्फा टेक्निकल सेन्टर देबिनगरको मैदानमा बिहीवार भएको खेलमा आयोजकले सुदूरपश्चिम–११ लाई २–० गोल अन्तरले हराएको हो।

रुपन्देहीका लागि सातौं मिनेटमा निशान लिम्बुले गोल गर्दै अग्रता दिलाएका थिए। दोस्रो हाफमा पनि उनले गोल गर्दै घरेलु टोलीको जित सुनिश्चित गरेको थियो।

प्रतियोगिताअन्तर्गत शुक्रवार कास्की-११ र फ्रेन्डस् क्लब काठमाडौंबीच खेल हुने आयोजक संस्था  रुपन्देही फुलबल संघका अध्यक्ष कुमार केसीले बताएका छन्।

प्रतियोगितामा तीन विभागीय टिम पुलिस, एपीएफ र त्रिभुवन आर्मीसहित १० टिमले प्रतिस्पर्धा गर्दैछन्।

विजेताले सात लाख ७७ हजार ७ सय ७७ नगदसहित गोल्डमेडल प्राप्त गर्नेछ भने उपविजेता टिमले चार लाख ४४ हजार ४४४ नगद पुरस्कार प्राप्त गर्ने छ। प्रतियोगिता चैत ३ गतेसम्म चल्ने छ। तिलोत्तमा गोल्डकपको एमाले नेता छबिलाल बिश्वकर्माले उदघाटन गरेको थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell