PahiloPost

Aug 13, 2026 | २८ साउन २०८३

मलामी गएका बालक महाकाली नदीमा बेपत्ता



पहिलोपोस्ट

बैतडीः मलामी गएका बैतडीका एक बालक महाकाली नदीमा बिहीबार डुबेर बेपत्ता भएका छन्।

बेपत्ता हुनेमा शिवनाथ गाउँपालिका–६ बसेडीका १२ वर्षीय उत्तमसिंह धनाडी रहेका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। आफन्तको मलामी गएका बेला शिवनाथ गाउँपालिका–१ खाँणघाटमा पौडी खेल्दा बिहीबार दिउँसो १ः३० बजे महाकालीमा बेपत्ता भएका हुन्।

बेपत्ता बालकको खोजी कार्य जारी रहेको छ। प्रहरी चौकी महाकालीबाट खटिएको प्रहरीको एक टोलीले बेपत्ता बालकको खोजी गरिरहेको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell