PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

कृष्णबहादुर महरालाई सभामुखको उम्मेदवार बनाउने माओवादी केन्द्रको निर्णय



पहिलोपोस्ट

कृष्णबहादुर महरालाई सभामुखको उम्मेदवार बनाउने माओवादी केन्द्रको निर्णय

काठमाडौँः नेकपा माओवादी केन्द्रले पार्टी नेता कृष्णबहादुर महरालाई प्रतिनिधि सभामा सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा शुक्रबार बिहान बसेको पार्टी हेडक्वार्टरको बैठकले महरालाई उम्मेदवार बनाउने निर्णय गरेको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन्। 

वाम गठबन्धनबीच भएको सहमति अनुसार महरालाई माओवादीले उम्मेदवार बनाएको हो। अन्तिम समयमा एमाले र माओवादी केन्द्रबीच सभामुख र राष्ट्रिय सभा अध्यक्ष साटासाट गर्ने प्रयास भए पनि त्यो असफल भएको थियो।

माओवादीबाट महरासहित देव गुरुङ, गिरिराजमणि पोखरेल तथा पूर्व सभामुख ओनसरी घर्तीले सभामुखमा दावी गरेका थिए। 

गुरुङलाई रामबहादुर थापा समूहले सभामुख प्रस्ताव गरेको थियो। तर, थापा स्वयंम मन्त्री भएपछि गुरुङको दाबेदारी सशक्त बनेन्। नारायणकाजी श्रेष्ठले पोखरेललाई सभामुख बनाउन लविङ गरे पनि उनलाई मन्त्री बनाउने गरी सभामुखको महराको नाम अनौपचारिक रुपमा टुङ्गो लगाइएको हो।

सभामुख पदमा लागि अाज मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको छ। सभामुख पदका लागि शनिबार दिउँसो १ बजे संसद्मा निर्वाचन हुँदैछ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell