
काठमाडौं : जिम्बावेमा भइरहेको क्रिकेट वर्ल्डकप क्वालिफायर अन्तर्गत नेपालले आफ्नो समूहमा लगातार दुई खेल हारिसकेको छ। पहिलो खेलमा घरेलु टोली जिम्बावेसँग ११६ रनले पराजित भएको नेपाल दोस्रो खेलमा स्कटल्याण्ड्सँग ४ विकेटले हार्यो।
समूह बी मा नेपालले अब अफगानिस्तान र हङकङसँग खेल्न बाँकी छ। सुपर सिक्स पुग्दै वान डे मान्यता पाउने सम्भावन कायम रख्न नेपालले अब बाँकी दुवै खेल जित्नैपर्ने दबाब छ।
स्कटल्याण्डसँग बिहीवार पराजित भएपछि नेपालका कप्तान पारस खड्काले सुपर सिक्स सम्भावना पुग्ने सम्भावना कायमै रहेको बताएका छन्। 'हाम्रो लागि सुपर सिक्स अझै खुल्ला छ। हामीले बाँकी रहेको दुई खेल जित्यौँ भने हाम्रो सम्भावना कायम छ,' पारसले भने, 'हामीले एक पटकमा एक खेलको बारेमा मात्र सोच्नुपर्छ। अब अफगानिस्तान सँग खेल्दैछौँ। अफगानिस्तानको लागि यो टुर्नामेन्ट रफ भइरहेको छ। दुवै टिमका लागि यो खेल महत्वपूर्ण छ र हामी हामी हाम्रोतर्फबाट बेस्ट दिने प्रयास गर्नेछौँ।'