PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

माओवादी केन्द्रको संसदीय दलको प्रमुख सचेतकमा देव गुरुङ



पहिलोपोस्ट

माओवादी केन्द्रको संसदीय दलको प्रमुख सचेतकमा देव गुरुङ

काठमाडौं : माओवादी केन्द्रको संसदीय दलको प्रमुख सचेतकमा देव गुरुङ चयन भएका छन्। शुक्रवार विहान पार्टी अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बसेको पार्टी हेडक्वाटरको बैठकले पार्टीको संसदीय दलको प्रमुख सचेतकमा गुरुङलार्इ चयन गरेको हो।

लमजुङबाट प्रतिनिधि सभामा निर्वाचित गुरुङले सभामुखमा दाबी गरिरहेका थिए। सभामुखमा माओवादी केन्द्रले कृष्णबहादुर महरालाई उम्मेदवार बनाउने निर्णय गर्दै गुरुङलाई प्रमुख सचेतकमा चयन गरेको हो। 

संसदीय दलको प्रमुख सचेतकले संसदीय समितिको सभापति सरहको सुविधा पाउने व्यवस्था छ। प्रमुख सचेतकको काम संसदीय दलको निर्देशनमा रही गतिविधि सक्रिय बनाउने र सञ्चालन गर्ने हुन्छ।

पहिलो संविधान सभामा समेत तात्कालीन एनेकपा माओवादीका सचेतक भइसकेका गुरुङ यसअघि कानुन मन्त्री बनिसकेका छन्।

दोस्रो स‌ंविधान सभा निर्वाचन अघि वैद्य नेतृत्वको नेकपा-माअाेवादीमा लागेर निर्वाचन बहिस्कार गरेका उनी संविधान जारी भएपछि वादलसँगै पुरानै पार्टीमा फर्किएका हुन्।

यसअघि माओवादी केन्द्रले अध्यक्ष प्रचण्डलार्इ संसदीय दलको नेता चयन गरिसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell