PahiloPost

Jun 15, 2026 | १ असार २०८३

सभामुखमा कृष्णबहादुर महराको मनोनयन दर्ता 



पहिलोपोस्ट

सभामुखमा कृष्णबहादुर महराको मनोनयन दर्ता 

काठमाडौँः   प्रतिनिधि सभामा सभामुखको लागि नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले मनोनय दर्ता गराएका  छन्। 

शुक्रवार बिहान नयाँ बानेश्वरस्थित संघीय संसद भवन पुगेर नेता महराले मनोनयन दर्ता गराएका हुन्। 

सभामुखमा महराको प्रस्ताबकमा सुवास नेम्बाङ र समर्थकमा देब गुरूङ रहेका छन्। 

आज बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहालको  निवास खुमलटारमा बसेको बैठकले महरालाई प्रतिनिधि सभामा सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको थियो। 

वाम गठबन्धनबीच भएको सहमति अनुसार महरालाई माओवादीले उम्मेदवार बनाएको हो। 

सभामुख पदमा लागि आज मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको छ। सभामुख पदका लागि शनिबार दिउँसो १ बजे संसद्मा निर्वाचन हुँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell