PahiloPost

Jun 15, 2026 | १ असार २०८३

राष्ट्रिय सभामा मनोनित तीन सदस्यले सपथ लिए, तर राष्ट्रपतिलार्इ भोट हाल्न नपाउने



पहिलोपोस्ट

राष्ट्रिय सभामा मनोनित तीन सदस्यले सपथ लिए, तर राष्ट्रपतिलार्इ भोट हाल्न नपाउने
फोटो : रत्न श्रेष्ठ, रासस

काठमाडौँः राष्ट्रिय सभा सदस्यका लागि सरकारले मनोनित गरेका तीन सदस्यहरुले अाज सपथ लिएका छन्। राष्ट्रिय सभाका जेष्ठ सदस्य तारादेवी भट्टले उनीहरुलार्इ सपथ गराएकी हुन्। 

यसअघि सर्वोच्चले अन्तरिम अादेश जारी गरी सपथ रोकेको थियो। 

सरकारले राष्ट्रिय सभामा डा. युवराज खतिवडा, रामनारायण विडारी र विमला पौडेल रार्इलार्इ मनोनित गर्न सिफारिस गरेको थियो। 


तीनै जनाविरूद्ध परेको रिट सर्वोच्चले बुधवार खारेज गरेपछि उनीहरूको सपथको बाटो खुलेको हो। 

अाज सपथ लिएका उनीहरुले राष्ट्रपतिको निर्वाचनमा भने मतदान गर्न पाउने छैनन्। निर्वाचन कार्यालयले राष्ट्रपतिको निर्वाचन प्रयोजनका लागि यसअघि नै मतदाता नामावली सार्वजनिक गरिसकेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell