PahiloPost

Jun 15, 2026 | १ असार २०८३

मनोनयन दर्तापछि महराले भने : मलार्इ कांग्रेसको पनि सहयोग



पहिलोपोस्ट

मनोनयन दर्तापछि महराले भने : मलार्इ कांग्रेसको पनि सहयोग

काठमाडौं : नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले कांग्रेसले सभामुखमा उम्मेद्वारी दर्ता नगराएर आफूलाई सहयोग गरेको बताएका छन्।

शुक्रवार बिहान प्रतिनिधि सभाको सभामुखको लागि उम्मेद्वारी दर्तापछि संचारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै महराले भने, 'कांग्रेसले सभामुखमा उम्मेद्वारी नदिनु मेरा लागि सहयोग गरेको रुपमा लिएको छु।'

त्यस्तै महराले आफू सभामुख भएपछि पहिलो प्राथमिकता संविधान कार्यान्वयनका लागि  कानुन निर्माण रहेको बताएका छन्।
 
सभामुखमा महराको प्रस्तावकमा देव गुरूङ र समर्थकमा सुवास नेम्वाङ रहेका छन्। आज बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'  निवास खुमलटारमा बसेको बैठकले महरालाई प्रतिनिधि सभामा सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell