PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

एमाले-माओवादी कार्यदलले आज प्रतिवेदन नबुझाउने 



पहिलोपोस्ट

एमाले-माओवादी कार्यदलले आज प्रतिवेदन नबुझाउने 

काठमाडौंः एमाले–माओवादी कार्यदलले आज पार्टी एकता संयोजन समितिलाई प्रतिवेदन नबुझाउने भएका छन्। पार्टी एकताका लागि प्रतिवेदन लेखनको जिम्मा पाएका कार्यदलहरुले लेखनको काम नसकिएको भन्दै नबुझाउने भएका हुन्। 

माओवादी केन्द्रका नेता तथा प्रतिवेदन मस्यौदा कार्यदलका सदस्य देवेन्द्र पौडेलले लेखनको कार्य नसकिएकाले आज पेश गर्न नसकिने जानकारी दिए।
 
उनले एमाले–माओवादी केन्द्रको एकतापछि समाजवाद पुग्ने राजनीतिक सिद्धान्त, कार्यदिशाको बारेमा प्रतिवेदन लेखनको काम भरहेको बताए। 

पौडेलले भने, ‘कार्यदलले आज पार्टी एकता संयोजन समितिलाई प्रतिवेदन पेस गर्न सक्दैन्। हामीले पार्टी एकताका सैद्धान्तिक विषयहरु बाँढेर प्रतिवेदन लेखिरहेका छौँ। अर्को हप्ता लेखनको काम सकिन्छ।’

यता विधान मस्यौदा कार्यदलले पनि प्रतिवेदन लेखनको कार्य नसकिएको जनाएको छ। अन्तरिम पार्टी विधान र पार्टी एकिकरण विधि र सांगठनिक स्वरुपको बारेमा २२ गते कार्यदलले छलफल गर्ने तयारी गरेको थियो। 

सोही दिन संसदको बैठक बोलाइएपछि बैठक बस्न सकेन्। अन्तरिम पार्टी विधान र पार्टी एकीकरण विधि सम्बन्धी प्रारम्भिक खाका तयार भएको विधान मस्यौदा कार्यदलका सदस्य एवं एमाले नेता गोकर्ण बिष्टले जानकारी दिए।

अन्तरिम पार्टी विधान र पार्टी एकीकरण विधिबारे बनेको मस्यौदाबारे आज कार्यदलमा छलफल हुने उनले बताए।
 
पार्टी एकताको गृहकार्य गर्न गठित कार्यदलाई एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुन २५ गते पार्टी एकताको प्रतिवेदन पेश गर्ने गरि काम गर्न निर्देशन दिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell