PahiloPost

Aug 13, 2026 | २८ साउन २०८३

सभामुखमा महरा निर्विरोध, औपचारिक घोषणा भोलि हुने



पहिलोपोस्ट

सभामुखमा महरा निर्विरोध, औपचारिक घोषणा भोलि हुने

काठमाडौं : प्रतिनिधि सभाको सभामुखमा नेकपा माओवादी केन्द्रका कृष्ण बहादुर महरा निर्विरोध चयन भएका छन्।

आज दिउँसो १ बजेसम्म उम्मेदवार दर्ताको समय तोकिएकोमा महराको मात्र मनोनयन दर्ता भएपछि उनी सभामुख बन्ने निश्चित भएका हो।

शुक्रवार महराले सभामुख पदका लागि उम्मेदवार दर्ता गराएका थिए। नेपाली कांग्रेसले सभामुखमा उम्मेदवारी नदिने जनाएपछि उनको मात्र मनोनयन परेको हो।

अब शनिवार प्रतिनिधि सभाको अन्तरिम कार्यविधि अनुसार महरालाई सभामुख घोषणा गरिनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell