PahiloPost

Aug 13, 2026 | २८ साउन २०८३

प्रदेश १ को मुख्य न्यायधिवक्तामा आचार्य सिफारिस



पहिलोपोस्ट

प्रदेश १ को मुख्य न्यायधिवक्तामा आचार्य सिफारिस

मोरङः प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मुख्य न्यायधिवक्तामा वरिष्ठ अधिवक्ता चुडामणि आचार्यलाई सिफारिस गरेका छन्। 

नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम आचार्यलाई मुख्य न्यायधिवक्तामा नियुक्तिका लागि सिफारिस गरिएको मुख्यमन्त्री राईका प्रेस सल्लाहकार ध्रुब सुवेदीले जानकारी दिए। 

मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखले मुख्य न्यायधिवक्ता नियुक्त गर्ने संवैधानिक व्यवस्था छ। उच्च अदालतका न्यायाधीशसरह मर्यादा र सुविधा पाउने मुख्य न्यायधिवक्ता प्रदेश सरकारको कानूनी सल्लाहाकार हो। 

मुख्य न्यायधिवक्तामा सिफारिस भएका आचार्य २०४६ सालमा अधिवक्ता हुनुभएको थियो भने २०७४ सालमा वरिष्ठ अधिवक्ता भएका थिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell