PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

अध्यक्षको चेतावनीपछि काममा फर्के डाक्टर र नर्स: लापरवाही गर्ने डा बछारलाई के कारवाही हुन्छ?



राधेश्याम पटेल

अध्यक्षको चेतावनीपछि काममा फर्के डाक्टर र नर्स: लापरवाही गर्ने डा बछारलाई के कारवाही हुन्छ?
डा. विमला बछार

वीरगंज: नारायणी उपक्षेत्रीय अस्पतालमा कार्यरत डा. विमला बछारले लापरवाही गरेको भन्दै विकास समितिले कारवाही प्रक्रिया अगाडि बढाएपछि विरोधमा उत्रिएका अस्पतालको प्रसुति विभागमा कार्यरत डाक्टर तथा नर्सहरु काममा फर्केका छन्। 

अस्पताल विकास समितिको हिजो बसेको बैठकले डा.बछारले ड्युटीको क्रममा लापरवाही गरेको प्रमाण भेटिएकोले उनलाई आवश्यक कारवाही प्रक्रिया अघि बढाउन तीन सदस्यीय छानविन समिति गठन गरेको छ।

बैठकले मेसु तथा गाइनो ईन्चार्ज सुरेन्द्र चौधरी र मेट्रोन सदस्य रहनेगरी तीन सदस्यीय छानबिन समिति गठन गरेको र सो समितिले सात दिनभित्र प्रतिवेदन पेश गर्ने र कारवाही प्रक्रिया नटुङ्गिएसम्म निलम्बन गर्ने निर्णय गरेको छ।

अस्पताल विकास समितिका अध्यक्ष विनोद गुप्ताका अनुसार डाक्टर बछारले उपचारमा लापारवाही गरेकी हुनाले कारवाही प्रक्रिया अघि बढाएको बताए।

त्यसको विरोधमा अस्पतालको प्रसुति वार्डमा कार्यरत डाक्टर तथा नर्सहरुले विरोध जनाउदै अस्पतालमा विहान ११ बजेसम्म सेवा अवरुद्ध पारेका थिए । सेवा ठप्प पारी आन्दोलनमा उत्रिएपछि अस्पताल विकास समितिका अध्यक्षले आन्दोलनमा उत्रिएका सबैलाई कारवाही गर्ने चेतावनी दिएपछि उनीहरु काममा फर्केका हुन्। बुधबार साँझ ४ बजे बारा, मनहर्वा–२ की सविता चौधरी प्रसुति गराउन अस्पताल आउदा डा. बछारले चार्जसिटमा औषधिको नाम समेत उल्लेख नगरी सीधै डिस्चार्ज गरेको देखिन्छ।

एकातर्फ अस्पतालमा शल्यक्रिया गर्नको लागि चौधरीका अभिभावक नागेन्द्र चौधरीसँग कबुलनामा पत्रसमेत गराएको प्रमाण भेटिएकोले स्वास्थ्य क्षेत्रमा गम्भीर त्रुटि देखिएको भन्दै कारवाही प्रक्रिया अगाडि बढाएको अध्यक्ष गुप्ताले बताए। नर्सहरुले शल्यक्रिया गर्न तयारी गरिसकेको तर डाक्टरले शल्यक्रिया गर्न नमानी अर्कै अस्पताल रेफर गरेकी थिइन्।

दुई साता पहिले शिशु फेरिएको र एउटा शिशु मृत्यु भएको घटनाको छानबिन गर्न पनि छानविन समितिलाई अधिकार दिने निर्णय भएको उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell