PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

बालकृष्ण ढुंगेललाई थुनामुक्त गर्न देशभक्त मोर्चाको माग



पहिलोपोस्ट

बालकृष्ण ढुंगेललाई थुनामुक्त गर्न देशभक्त मोर्चाको माग

काठमाडौं: देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले बालकृष्ण ढुंगेललाई थुनामुक्त गर्न माग गरेको छ। 

मोर्चाका संयोजक सीपी गजुरेललगायतको टोलीले आज प्रधानमन्त्री निवास बालुवाटार पुगी ९४ बुँदे ज्ञापनपत्र बुझाउँदै उक्त माग गरेका हुन्।

'जनयुद्धकालीन मुद्दाहरुला सत्य निरुपण तथा मेलमिलाप आयोगबाट समाधान गर्ने सहमतिलाई दृढतापूर्वक कार्यन्वयन गरियोस। यसै सन्दर्भमा क बालकृष्ण ढुंगेललगायतका व्यक्तिहरुमाथि चलाएका मुद्दा फिर्ता लिई उहाँहरुलाई थुनामुक्ता गरियोस।' ज्ञापनपत्रको ९२ औं बुँदामा लेखिएको छ।

मोर्चाको ज्ञापन पत्र आज बालुवाटारमा ग्रहण गर्दै प्रधानमन्त्री ओलीले अहिले जनपक्षीय, देशभक्त र लोकतान्त्रिक सरकार भएकोले यसले सबै जनतालाई अवसर र सुरक्षाको प्रत्याभुती गराउने बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell