काठमाडौं: नेपाली कांग्रेसले चैत ९ गते केन्द्रीय कार्यसमितिको बैठक डाकेको छ। महासमितिको बैठक बोलाउनुपर्ने आवाज चर्को रुपमा उठिरहेको बेला कार्यसमितिको बैठक बस्न लागेको हो।
उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरु उपस्थित हुने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
संघीय संसद र प्रदेश संसदको नियमावली पास गरिसकेको अबको बैठकमा हारको समीक्षा हुने एक केन्द्रीय सदस्यले बताए।
तर, फागुन ११ गते बसेको केन्द्रीय समितिको बैठकले चैत १५ सम्ममा हारको रिपोर्ट बुझाउन निर्देशन दिएकाले उक्त बैठकमा पनि हारको समीक्षा हुने देखिदैन।
निर्वाचनमा हार व्यहोरेपछि कार्यसमितिका सदस्यहरुले पटकपटक महासमितको बैठक र विशेष महाधिवेशनको मागसमेत गरेका छन्।
