PahiloPost

Sep 14, 2025 | २९ भदौ २०८२

छ लेन सडकमा ८० जनाको मृत्यु, बढी दुर्घटना ट्रक, टिपर र मोटरसाइकल



पहिलोपोस्ट

छ लेन सडकमा ८० जनाको मृत्यु, बढी दुर्घटना ट्रक, टिपर र मोटरसाइकल

भक्तपुर: अरनिको राजमार्गअन्तर्गत जडीबुटीदेखि सूर्यविनायकसम्मको छ लेन सडकखण्डमा पाँच वर्षमा भएको दुर्घटनामा ८० जनाको मृत्यु भएको छ। 

महानगरीय ट्राफिक महाशाखाले दिएको तथ्यांकअनुसार सो अवधिमा चार हजार ६६२ सवारीसाधन दुर्घटना हुँदा १०६ गम्भीर घाइते र एक हजार ६१९ सामान्य घाइते भए। चालू आवको फागुन महिनाभित्र मात्र १७ जनाको मृत्यु भइसकेको छ। 

चारदोबाटो, सूर्यविनायकलगायत स्थानमा दिनहुँ दुर्घटना हुने गरेको प्रहरीले जनाएको छ। स्थानीयवासीका अनुसारसडकमा दुर्घटना हुनेमा बढी तीव्र गतिमा चल्ने ट्रक, टिपर र मोटरसाइकल बढी छन्। 

पर्याप्त सडकबत्ती नहुनु, ठिमी चोकमा ट्राफिक लाइट नहुनु, आकाशेपुल चोकदेखि पर हुनु, चारदोबाटोमा वारपार गर्ने सवारीसाधनका लागि आकाशे पुल नहुनु र सवारीसाधन मापदण्डभन्दा तीव्र गतिमा चलेका कारण बढी दुर्घटना भएको प्रहरीले जनाएको छ। सांसद महेश बस्नेतले अब तीनकुनेदेखि नै सडक व्यवस्थित गरिने बताए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell