
काठमाडौं : जिम्बावेमा भइरहेको क्रिकेट वर्ल्डकप क्वालिफायरमा नेपालले अफगानिस्तान विरुद्ध टस जितेर पहिले ब्याटिङ रोजेको छ।
यसअघि लगातार तीन खेल हारेको अफगानिस्तान र दुई खेल हारेको नेपालको लागि आजको खेल प्रतिष्ठाको लडाईँ समेत हुनेछ।
अघिल्लो खेलमा स्कटल्याण्ड विरुद्ध खेलेको नेपाली टोलीमा आज दुई परिवर्तन गरिएको छ। ओपनर दीलिप नाथ र ब्याट्सम्यान शरद भेषावकरको स्थानमा आज अनिल कुमार शाह र करण केसीले खेल्दैछन्। नेपाली टोलीका म्यानेजर रमन शिवाकोटीका अनुसार शरदलाई ह्यामस्ट्रिङ इन्जुरी भएकोले उनी नखेलेका हुन्।
सुपर सिक्सको सम्भावना कायम राख्न नेपालले अफगानिस्तानलाई हराउनैपर्नेछ भने समूह चरणको अन्तिम खेल खेलिरहेको अफगानिस्तान पनि नेपाल विरुद्ध जित निकाल्ने दाउमा हुनेछ।
नेपाल र अफगानिस्तान २०१४ पछि पहिलो पटक भिड्न लागेका हुन्। सन् २००४ मा पहिलो पटक प्रतिस्पर्धा हादा नेपालले अफगानिस्तानला२ हराएको थियो तर त्यसयताको ६ खेलमा भने अफगानिस्तान विजयी भएको थियो।