PahiloPost

Sep 14, 2025 | २९ भदौ २०८२

राष्ट्रिय सभामा मनोनित तीन सांसदले राष्ट्रपतिलाई मत दिन नपाउने



पहिलोपोस्ट

राष्ट्रिय सभामा मनोनित तीन सांसदले राष्ट्रपतिलाई मत दिन नपाउने

काठमाडौं: राष्ट्रिय सभामा मनोनित तीन सांसदले राष्ट्रपतिको निर्वाचनमा मत हाल्न नपाउने भएका छन्।

मंगलबार हुने राष्ट्रपतिको निर्वाचनमा अर्थमन्त्रीसमेत रहेका डा युवराज खतिवडा,  रामनारायण विडारी र विमला पौडेल रार्इले मत हाल्न नपाउने भएका हुन्।

निर्वाचन आयोगले आज वक्तव्य जारी गर्दै उनीहरुले मत हाल्न नपाउने जनाएको हो। वक्तव्यमा भनिएको छ-फागुन २२ गते प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका निर्वाचक मण्डलका सदस्यहरूले मात्र २०७४ फागुन २९ गते हुने राष्ट्रपतिको निर्वाचनमा मतदान गर्न पाउने व्यहोरा जानकारी हुन सम्बन्धित सबै सरोकारवालाहरूमा अनुरोध छ।

आयोगले गत मंगलबार राष्ट्रपतिको निर्वाचक मण्डलका सदस्यहरूको अन्तिम नामावली प्रकाशन गरेको थियो। त्यसको भोलिपल्ट राष्ट्रिय सभाका मनोनित तीन सदस्यलाई सपथ खुवाउने बाटो खुलाएको थियो।

सर्वोच्चमा यसअघि कांग्रेस नेतृत्वको सरकारले सिफारिस गरेका सदस्यहरु मनोनित नगरेको भन्दै रिट परेपछि अदालतले सोमबारसम्म मनोनयन रोक्न आदेश दिएको थियो। संघीय संसदका सदस्यहरुले २० गते नै सपथ लिएका थिए।

सर्वोच्चको आदेशपछि राष्ट्रपतिबाट मनोनित ३ सदस्यले शुक्रबार सपथ लिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell