PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

वर्ल्डकप क्वालिफायर : नेपालले अफगानिस्तानलाई दियो १९५ रनको लक्ष्य



पहिलोपोस्ट

वर्ल्डकप क्वालिफायर : नेपालले अफगानिस्तानलाई दियो १९५ रनको लक्ष्य
फोटो : आइसीसी

काठमाडौं : जिम्बावेमा भइरहेको क्रिकेट वर्ल्डकप क्वालिफायरमा नेपालले अफगानिस्तानलाई १९५  रनको लक्ष्य दिएको छ।

बुलावायोस्थित बुलावायो एथ्लेटिक क्लबमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल १ बल बाँकी छदा १९४ रनमा अलआउट भएको हो।

नेपालका लागि कप्तान पारस खड्काले अर्धशतक बनाउनु बाहेक अन्य खेलाडीले गतिलो प्रदर्शन गर्न सकेनन। कप्तान पारसले सर्वाधिक ७५ रन बनाएको नेपाली इनिङ्समा दीपेन्द्र सिंह ऐरीले ३२ तथा ज्ञानेन्द्र मल्ल र आरिफ शेखले २३-२३ रन जोडे।

अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन्। ओपनर अनिल शाह ७, रोहित कुमार पौडेल १, सोमपाल कामी ९ तथा करण केसी ६ रन बनाएर आउट हुँदा बसन्त रेग्मी ९ रनमा नटआउट रहे। सन्दीप लामिछाने र ललित राजवंशीले खाताख खोल्न सकेनन्।

बलिङमा अफगानिस्तानका मोहमद नावीले सर्वाधिक ४, कप्तान रसिद खानले ३ र शापुर जद्रानले २ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell