PahiloPost

Jun 15, 2026 | १ असार २०८३

महिला टी-२० क्रिकेट : एपीएफलाई हराउँदै मिलन क्रिकेट एकेडेमी च्याम्पियन

महिला टी-२० क्रिकेट : एपीएफलाई हराउँदै मिलन क्रिकेट एकेडेमी च्याम्पियन

पहिलोपोस्ट /पहिलोपोस्ट


चितवन : राइजिङ क्रिकेट फर वुमन आरसिडब्लुले आयोजना गरेको महिला टी-२० लिग क्रिकेटको उपाधि मिलन क्रिकेट एकेडेमीले जितेको छ।

कप्तान रुविना क्षेत्रीप्रेरित खेलमा मिलन क्रिकेट एकेडेमीले एपीएफलाई २३ रनले पराजित गर्दै उपाधि जितेको हो। मिलन क्रिकेट एकेडेमीले लिग चरणमा बेहोरेको हारको बदला समेत लिएको छ।

फाइनलमा जितका लागि १३३ रनको लक्ष्य पछ्याएको एपीएफले १०९ रन माब बनाउन सक्यो।

त्यसअघि टाँडीस्थित नेपाल माध्यमिक विद्यालयको मैदानमा एपीएफले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको मिलन क्रिकेट एकेडेमीले ३ विकेट गुमाएर १३२ रन बनाएको थियो।

उसका लागि कप्तान रुविनाले नटआउट रहदै सर्वाधिक ६७ रन बनाइन्। यस्तै काजोल श्रेष्ठले २९ रन जोडिन्।

जवाफमा एपीएफले निर्धारित ओभरमा ६ विकेट गुमाएर १०९ रन बनायो। एपीएफका लागि सरीता मगरले ३७ तथा इन्दु बर्माले ३० रन बनाएपनि जितका लागि पर्याप्त भएन।

बलिङमा मिलन क्रिकेट एकेडेमीकी संगीता राई र शान्ती चौधरीले २-२ तथा रुविना र सन्तोषी चौधरीले समान १ विकेट लिए।

रुविना क्षेत्री खेलको वुमन अफ दि म्याच घोषित भइन्।

चार दिने प्रतियोगितामा आयोजक आरसिडब्लु, विभागीय टोली एपीएफ, मिलन क्रिकेट एकेडेमी र अल इन्डिया वुमन्स टी-२० क्रिकेट एसोसिएसनले राउण्ड रोविन लिगमा प्रतिस्पर्धा गरेका थिए।

प्रतियोगिताको विजेता मिलन क्रिकेट एकेडेमीले नगद ५० हजार, ट्रफी र मेडल हात पारेको छ।  उपविजेता एपीएफले क्रिकेट किट्स प्राप्त गर्‍यो।

विजेता मिलन क्रिकेट एकेडेमी
उपविजेता एपीएफ
प्लेअर अफ दि सिरिज रुविना क्षेत्री
बेस्ट ब्याट्सवुमन सीता राना मगर
बेस्ट बलर
बेस्ट फिल्डर
बेस्ट विकेटकिपर
बेस्ट कोच


ट्रेन्डिङ पोस्ट

Ncell