
काठमाडौं : प्रतिनिधि सभामा एक सिट रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधान मन्त्री केपी ओलीलाई विश्वासको मत दिने भएको छ।
सबै ठाउँबाट चुनावमा नराम्ररी पछारिए पनि राप्रपाका राजेन्द्र लिङदेन प्रधान मन्त्रीको गृह जिल्ला झापाबाट प्रतिनिधि सभा निर्वाचन जित्न सफल भएका थिए। नेकपा एमालेले लिङ्देनलाई समर्थन गर्दै उम्मेदवारी दिएको थिएन। नेपाली कांग्रेसका चर्चित नेता कृष्णप्रसाद सिटौला लिङ्देनसँग पराजित भएका थिए।
राष्ट्रियता र प्रजातन्त्रको सम्बर्द्धन तथा राजनीतिक स्थिरता, सुशासन, भ्रष्टाचार मुक्त प्रशासन एवं आर्थिक सम्बृद्धिको अपेक्षा गर्दै राप्रपाले प्रधानमन्त्री के पि ओलीलाई बिश्वासको मत दिने निर्णय गरेको छ
— Kamal Thapa (@KTnepal) March 10, 2018