PahiloPost

Aug 13, 2026 | २८ साउन २०८३

रेशम चौधरी काठमाडौं आइपुगे: वीर अस्पतालको 'इमर्जेन्सी'मा भर्ना



पहिलोपोस्ट

रेशम चौधरी काठमाडौं आइपुगे: वीर अस्पतालको 'इमर्जेन्सी'मा भर्ना

काठमाडौं: टीकापुर घटनाका मुख्य अभियुक्त तथा कैलालीका सांसद रेशम चौधरीलाई काठमाडौं ल्याइएको छ। जिल्ला कारागारमा अनशनरत चौधरी विरामी भएपछि थप उपचारका लागि काठमाडौंमा ल्याइएको हो। 

बुद्ध एयरको विमानबाट काठमाडौं आइपुगेका उनी अहिले वीर अस्पतालको अाकस्मिक कक्षामा भर्ना भएका छन्। आज साँझ ६:५० मा विमानस्थलमा आइपुगेका उनलाई ७ बजे अस्पतालको आकस्मिक कक्षामा भर्ना गरिएको हो।

एक साताअघिदेखि चौधरी हिरासतभित्रै आमरण अनशनमा थिए। अनशनरत चौधरीको स्वास्थ्यमा खराबी देखिएपछि शुक्रवारदेखि सेती अञ्चल अस्पताल भर्ना गरिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि काठमाडौंको वीर अस्पताल ल्याएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell