PahiloPost

Sep 14, 2025 | २९ भदौ २०८२

ला लिगा : रोनाल्डोको दुई गोलमा रियल विजयी



पहिलोपोस्ट

ला लिगा : रोनाल्डोको दुई गोलमा रियल विजयी

क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेपछि रियल मड्रिडले ला लिगामा आइबरलाई पराजित गरेको छ।

खेल सकिन ६ मिनेट अगाडी रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गरेपछि रियलले आइबरलाई २-१ ले पराजित गरेको हो।

त्यसअघि रोनाल्डोले ३४औँ मिनेटमा गोल गर्दै रियललाई अग्रता दिलाएका थिए। पहिलो हाफमा एक गोलले पछि परेको घरेलु टोली आइबरका लागि ५०औँ मिनेटमा इभान रामिसले बराबरी गोल फर्काए। तर ८४औँ मिनेटमा रोनाल्डोले गोल गरेपछि रियल विजयी भयो।

जितपछि २८ खेलबाट ५७ अंक जोडेको रियलले दोस्रो स्थानको एट्लेटिकोसँग अंकदुरी ४ मा झारेको छ। २७ खेलबाट ६१ अंक जोडेको एट्लेटिको दोस्रोमा छ।

यस्तै २७ खेलबाट ६९ अंकका साथ बार्सिलोना शीर्ष स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell