मार्कुस रासफोर्डले पहिलो हाफमा गरेको दुई गोल मद्दतमा म्यानचेष्टर युनाइटेडले लिभरपुललाई २-१ ले पराजित गरेको छ।
घरेलु मैदान ओल्डट्राफोर्डमा भएको खेलमा रासफोर्डले १४औँ मिनेटमा पहिलो गोल गरेका थिए। त्यसको दश मिनेछपटि नै रासफोर्डले व्यक्तिगत दोस्रो गोल गर्दै युनाइटेडको अग्रता दोब्बर पारे।
दोस्रो हाफमा युनाइटेडकै एरिक बाईले आत्मघाती गोल गरेपछि लिभरपुलले गोल अन्तर छोट्टाएको थियो। तर त्यसपछि गोल गर्न नसक्दा पराजित भयो।
जितपछि ३० खेलबाट ६५ अंक जोडेको युनाइटेडले लिभरपुलमाथि ५ अंकको स्पष्ट अग्रता समेत बनाएको छ। युनाइटेड दोस्रो तथा लिभरपुल तेस्रो स्थानमा छ। २९ खेलबाट ७८ अंकका साथ म्यानचेष्टर सिटी तेस्रो स्थानमा आसिन छ।