PahiloPost

Sep 14, 2025 | २९ भदौ २०८२

प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै, ‘दुई तिहाइको समर्थन’



पहिलोपोस्ट

प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै, ‘दुई तिहाइको समर्थन’

काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभामा विश्वासको मत लिँदैछन्। प्रधानमन्त्रीमा चयन भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार ओलीले आज दिउँसो ३ बजे प्रतिनिधि सभामा विश्वासको मत लिन लागेका हुन्। अोली फागुन ३ गते प्रधानमन्त्रीमा चयन भएका हुन्। 

वाम गठबन्धनको सहज बहुमतबाट प्रधानमन्त्री चयन भएका ओलीको पक्षमा प्रतिनिधि सभामा स्पष्ट दुई तिहाइ मत रहेको छ। 

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस तथा स्वतन्त्र सांसदद्वय डा. बाबुराम भट्टराई र प्रेम सुवाल बाहेक अन्य सबै दल ओलीको पक्षमा उभिएका छन्। डा. भट्टराई देशबाहिर छन्। नेमकिपाले मतदानबारे अौपचारिक निर्णय गरेको छैन। उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालले समर्थनको जनाउ दिए पनि औपचारिक निर्णय भने गरेको छैन। आइतबार नै संसदीय दलले निर्णय गर्नेछ। 

वाम गठबन्धनका तर्फबाट प्रतिनिधि सभामा १७४ सांसद् छन्। ओलीलाई बहुमत पुर्‍याउन १३८ सांसद् भए पुग्छ। ओलीको पक्षमा मतदान गर्ने राष्ट्रिय जनता पार्टीले निर्णय गरिसकेको छ। यस्तै, स्वतन्त्र प्रतिनिधित्व गरेका राप्रपाका राजेन्द्र लिङ्देन र जनमोर्चाकी दुर्गा पौडेलले पनि ओलीको समर्थनमा मत दिने बताइसकेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell