PahiloPost

Jun 15, 2026 | १ असार २०८३

एमाले र माओवादीको संसदीय दलको संयुक्त बैठक बस्दै, ओली र प्रचण्डले सम्वोधन गर्ने



पहिलोपोस्ट

एमाले र माओवादीको संसदीय दलको संयुक्त बैठक बस्दै, ओली र प्रचण्डले सम्वोधन गर्ने

काठमाडौँः नेकपा एमाले र माओवादी केन्द्रले आज संयुक्त रुपमा संसदीय दलको बैठक आह्वान गरेका छन्। पार्टी एकता प्रक्रिया जारी रहेका बेला रणनीतिक मुद्दामा फरक फरक बैठक नराख्न दोस्रो तहका नेताहरुले दिएको सुझाव अनुसार संसदीय दलको संयुक्त बैठक बस्न लागेको हो। मध्याह्न १२ बजे संयुक्त बैठक बोलाइएको छ।

यसअघि संघीय संसद् अधिवेशन सुरु हुनभन्दा अघि दुबै दलले संयुक्त रुपमा सांसद्हरुलाई प्रशिक्षण तथा निर्देशन दिएका थिए। 

एमाले सांसद् भानुभक्त ढकालका अनुसार संसदीय दलको संयुक्त बैठकलाई एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्वोधन गर्नेछन्। पार्टीका गतिविधिसँगै प्रधानमन्त्रीले ओलीको विश्वासको मत र प्रक्रियाबारे पनि बैठकमा जानकारी गराइनेछ। 

संयुक्त बैठकपछि बस्ने प्रतिनिधि सभाको बैठकमा ओलीले विश्वासको मत लिने कार्यक्रम रहेको छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell