
लिग लिडर बार्सिलोनाले ला लिगमा मालागालाई २-० ले पराजित गरेको छ। बार्सिलोनाको जितमा लुइस सुवारेज र फिलिप काउटिन्होले एक-एक गोल गरे।
सामुएल गार्सियाले २८औँ मिनेटमा रातो कार्ड खाएपछि घरेलुम मैदानमा मालागाले त्यसपछि दश खेलाडीमा रहेर खेलेको थियो। तर बार्सिलोनाले गोल थप्न भने सकेन।
आफ्नो तेस्रो सन्तान जन्मेका कारण लियोनल मेसीले भने उक्त खेल गुमाए।
जितपछि २८ खेलबाट ७२ अंक जोडेको बार्सिलोनाले दोस्रो स्थानको एट्लेटिको मड्रिडमाथि ११ अंकको अग्रता कायम गरेको छ।
एट्लेटिकोले एक खेल कम खेलेको छ।
यस्तै सेभायालई २-० ले पराजित गर्दै चौथो स्थानको भ्यालेन्सियाले तेस्रो स्थानको रियल मड्रिडसँग अंक दुरी १ मा झारेको छ। समान २८ खेलबाट रियलको ५७ तथा भ्यालेन्सियाको ५६ अंक छ।