PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

चिनियाँ प्रभाव नियन्त्रणका लागि भारत र फ्रान्सबीच यस्तो सम्झौता



पहिलोपोस्ट

चिनियाँ प्रभाव नियन्त्रणका लागि भारत र फ्रान्सबीच यस्तो सम्झौता
Photo: AFP

नयाँ दिल्लीः भारतले फ्रान्ससँग रक्षा सहितका विभिन्न १४ वटा विभिन्न सम्भौतामा हस्ताक्षर गरेको छ। फ्रान्सका राष्ट्रपति इम्यानुयल माक्रोनको भारत भ्रमणका क्रममा दुई देशबीच युद्धपोतको लागि नौसैनिक अड्डा खोल्ने देखि सैन्य केन्द्रको उपयोग व्यवस्थापन गर्ने सम्मका रणनीतिक महत्त्वका सम्झौताहरुमा शनिबार दुई देशबीच हस्ताक्षर भएको हो। 

दुबै देशबीच यी सम्झौता इन्डो प्यासिफिक क्षेत्रमा बढ्दो चिनियाँ प्रभावलाई नियन्त्रणका लागि भएको भारतीय सञ्चार माध्यमलेहरुले जनाएका छन्। 
 
दुई देशबीच रक्षा सम्बन्धि गोपनीय सूचनाको आदान प्रदान सम्बन्धि सम्झौतामा समेत हस्ताक्षर भएको छ। भारतले फ्रान्सलाई आफ्नो अरबौँ डलरको भारत फ्रान्स रफाल लडाकु विमान सम्झौताको विस्तृत जानकारी दिन अस्वीकार गरिरहेका बेला यस्तो सम्झौता भएको भारतीय पत्रिका जनसत्ताले जनाएको छ। 

दुई देशबीच रक्षासँगै परमाणु उर्जा, सामुद्री सुरक्षा, रेल क्षेत्रमा सहयोग लगायतमा क्षेत्रमा सम्भौता भएको हो। सम्झौता पछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुई देशबीच रक्षा क्षेत्रमा भएको सम्झौतालाई ‘स्वर्णियम कदम’को संज्ञा दिए। 

यसअघि भारतले फ्रान्ससँग सन् २०१६ मा ५८ हजार करोड रुपैयाँमा ३६ वटा रफाल लडाकु विमान खरिद सम्झौता गरेको थियो। 

सम्झौता पछि फ्रान्सेली राष्ट्रपति माक्रोनले प्रसान्त क्षेत्रमा दुई देशबीच सहयोगको स्तर अभूतपूर्व हुने बताएका छन्। ‘दुई देशबीच रक्षा साझेदारी सम्बन्धी सम्बन्ध नयाँ सिराबाट सुरु भएको छ,’ उनले भने। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell