PahiloPost

Jun 15, 2026 | १ असार २०८३

‘कैलाली घटनाका दोषीलाई कारवाही गर्न प्रधान मन्त्रीको निर्देशन’



पहिलोपोस्ट

‘कैलाली घटनाका दोषीलाई कारवाही गर्न प्रधान मन्त्रीको निर्देशन’

काठमाडौँः प्रधान मन्त्री केपी शर्मा ओलीले कैलाली घोडाघोडी नगरपालिका – ५ मा २० वर्षीया राधा चौधरीमाथि बोक्सीको आरोप लगाई कुटपिट भएको घटनाका दोषीलाई छानविन गरी कारवाही गर्न निर्देशन दिएका छन्। 

प्रधान मन्त्री ओलीको निजी सचिवालयले जारी गरेको विज्ञप्ति अनुसार कुटपिट गर्ने व्यक्तिलाई प्रहरीबाट छुटाइएको विषयमा समेत यथार्थ छानविन गरी कारबाहीका लागि स्थानीय प्रशासनलाई निर्देशन दिइएको छ। 

पीडित राधाको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने र थप उपचारका लागि व्यवस्था गर्ने समेत निजी सचिवालयको विज्ञप्तिमा उल्लेख छ।

‘मानवताविरुद्धको यस्तो जघन्य अपराधमा संलग्न जो कसैलाई पनि उन्मुक्ति हुन सक्दैन र दिइने छैन। घटनाले आधुनिक मानवीय चेतना र सभ्यतालाई नै अपमान गरेको छ र देशकै बेइज्जत गरेको छ,’ विज्ञप्तिमा उल्लेख छ।  

फागुन २४ गते कैलालीको घोडाघोडी नगरपालिकामा बोक्सीको आरोपमा ६ घन्टासम्म कुटपिट भएको थियो। घटनामा पीडक भनिएका स्थानीय झाँक्री रामबहादुर चौधरी पक्राउ परेका छन्। अन्य आरोपित फरार छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell