PahiloPost

Sep 14, 2025 | २९ भदौ २०८२

दुई आणविक शक्ति सम्पन्न मुलुकबीच रहेको नेपालको सैन्य क्षमता कति ? 



पहिलोपोस्ट

दुई आणविक शक्ति सम्पन्न मुलुकबीच रहेको नेपालको सैन्य क्षमता कति ? 

काठमाडौँः नेपाल दुई आर्थिक सम्पन्न मुलुकहरुको बीचमा अवस्थित छ। दुई आणविक शक्ति सम्पन्न मुलुकहरु भारत र चीनको बीचमा अवस्थित नेपालको सुरक्षा शक्ति भने विश्वमै कमजोर छ। 

ग्लोवल पावर इन्डेक्समा नेपाल ९७ औँ स्थानमा परेको छ। सैन्य क्षमताका आधारमा विश्वमै तेस्रो र चौँथो स्थानमा रहेका चीन र भारतको बीचमा रहेको नेपालको सैन्य क्षमता कमजोर रहेको विश्वको सैन्य शक्ति सुरक्षा संयन्त्रको विश्लेषण गर्दै ग्लोवल फायर पावरले सार्वजनिक गरेका ग्लोवल पावर इन्डेक्समा देखिएको छ। 

ग्लोवल फायर पावरले १३३ वटा देशको सैन्य क्षपतालाई विश्लेषण गर्दै पावर इन्डेक्स सार्वजनिक गरेको हो। पावर इन्डेक्समा नेपालको रेटिङ १ दशमलव ९८४१ रहेको छ। यो मापनमा सून्य इन्डेक्स भएको देश सैन्य क्षमतामा पूर्ण भएको मानिन्छ। 

यो सूचकांकमा चीन विश्वमै तेस्रो स्थानमा रहेको छ। उसको पावर इन्डेक्स सून्य दशमलव ०९४५ रहेको छ। त्यस्तै चौँथो स्थानमा रहेको भारतको पावर इन्डेक्स सून्य दशमलव १५९३ रहेको छ। 

नेपालसँग २२ वटा एयरक्राफ्ट रहेका छन्। यी एयरक्राफ्ट फाइटर र आक्रमणका लागि प्रयोग भने हुँदैनन्। यीनको प्रयोग यातायातको क्षेत्रमा हुँदै आएको छ। त्यस्तै नेपालसँग १८ वटा हेलिकोप्टर भए पनि यी पनि यातायातका लागि प्रयोग हुने प्रतिवेदनमा उल्लेख छ। 

हवाई सैन्य क्षमता आधुनिक सैन्य शक्तिको प्रमुख हिस्सा भए पनि नेपालसँग यी पनि सैन्य प्रयोजन भन्दा पनि बढी यातायातकै लागि प्रयोग हुने गरेका छन्। 

नेपालसँग १२० आर्टिलरी रहेका छन्। यसका आधारमा नेपाल ६९ औँ स्थानमा रहेको छ।

नेभल शक्ति सून्य रहेको नेपालसँग एक लाख ५७ हजार सैन्य क्षमता रहेको र जसमध्ये ९५ हजार मात्र सक्रिय रहेको सूचकांकमा उल्लेख छ। त्यस्तै नेपालसँग ६२ हजार संचित क्षमता रहेको छ। 

नेपालको उत्तरी क्षिमेकी चीनसँग  दुई हजार ९५५ वटा एयरक्राफ्ट रहेका छन्। जसमध्ये एक हजार २७१ फाइटर, एक हजार ३८५ आक्रमक र ७८२ वटा यातायातका लागि प्रयोग हुन्छन्। चीनसँग ९१२ वटा हेलिकोप्टर रहेका छन्। जसमध्ये २०६ वटा आक्रमणका लागि प्रयोग हुन्छन्। 

चीनसँग ३७ लाख १२ हजार ५०० सैन्य जवान रहेकोमा २२ लाख ६० हजार सक्रिय र १४ लाख ५२ हजार ५०० संचित शक्ति रहेको तथ्यांकमा उल्लेख छ। 

सैन्य क्षमतामा विश्वमै चौँथो रहेको भारतसँग ५२ लाख ७ हजार २५० सुरक्षाकर्मी रहेका छन्। जसमध्ये १३ लाख ६२ हजार ५०० सक्रिय र २८ लाख ४४ हजार ७५० संचित शक्ति रहेको छ। 

भारतसँग हवाई क्षमता २ हजार १०२ रहेको छ। जसमध्य लडाकु विमान ६७६ र आक्रमणक विमान ८०९ रहेका छन्। त्यस्तै ८५७ विमान यातायातका लागि प्रयोग हुँदै आएका छन्। भारतसँग ६६६ हेलिकोप्टर रहेका छन्।  भारतसँग सामुद्रिक जहाज २९५ वटा रहेको तथ्यांकमा उल्लेख छ। 

यो सूचकांकमा अमेरिका पहिलो नं. मा रहेको छ। अमेरिकासँग १३ हजार ७६२ विमानहरु रहेका छन्। यो सूचकांकमा रुस दोस्रो स्थानमा रहेको छ। 

दक्षिण एसियाको भुटान विश्वमै सबैभन्दा कमजोर मुलुक देखिएको छ। भुटान सूचीको पुछारमा रहेको छ। 

आणविक शक्ति सम्पन्न दक्षिण एसियाको अर्को मुलुक पाकिस्तान सूचीको १३ औँ स्थानमा रहेको छ। त्यस्तै बंगलादेश ५७ औँ स्थानमा रहेको छ। अफगानस्तान ६९ औँ स्थानमा रहँदा श्रीलंका ८४ औँ स्थानमा रहेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell