PahiloPost

Jun 15, 2026 | १ असार २०८३

सभामुख महराले लिए पद तथा गोपनीयताको सपथ



पहिलोपोस्ट

सभामुख महराले लिए पद तथा गोपनीयताको सपथ
Photo: RSS

काठमाडौँ: सभामुख कृष्णबहादुर महराले पद तथा गोपनीयताको सपथ लिएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले महरालाई आज पद तथा गोपनीयताको शपथ दिलाएकी हुन्। 

नेकपा (माओवादी केन्द्र)का नेता महरा शनिवार सभामुखमा निर्विरोध निर्वाचित भएका थिए। 

सभामुख महरा राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा भएको शपथ समारोहमा दौरा-सुरवाल लगाएर पुगेका थिए। यसअघि पटकपटक मन्त्री र उप प्रधानमन्त्री हुँदा समेत उनले दौरा-सुरवाल लगाएका थिएनन्। 

सभामुख भइसकेपछि भने उनले दौरा सुरुवाल लगाएका हुन्। 

समारोहमा उप राष्ट्रपति, प्रधान मन्त्री, प्रधान न्यायाधीश, मन्त्रीहरु, संवैधानिक र सुरक्षा निकायका प्रमुख, उच्चपदस्थ कर्मचारीलगायतको उपस्थिति थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell