PahiloPost

Sep 14, 2025 | २९ भदौ २०८२

दुर्घटनामा तीनको मृत्यु 



पहिलोपोस्ट

दुर्घटनामा तीनको मृत्यु 

काठमाडौँः नुवाकोट भएको छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।
 
त्रिशूलीबाट काठमाडौँ आँउदै  गरेको बा ५ ख ७९८ नं को बसले ठक्कर दिँदा विदुर नगरपालिका–३ का ईश्वरीलाल श्रेष्ठको मृत्यु भएको हो। बट्टारबजारस्थित सडक छेउमा हिँडिरहेका समयमा बसको ठक्करबाट ७५ वर्षीय श्रेष्ठ गम्भीर घाइते भएकामा उपचारका क्रममा नुवाकोट सिटी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिए। 

यसैगरी आजै बिहान मिनीट्रकको ठक्करले देवीघाटबाट गल्छी गइरहेको बा ७० प ४४२७ नंको मोटरसाइकल चालक विदुर-९, कोलनीका तिलकबहादुर मिजारको मृत्यु भएको छ। सत्चालीस वर्षीय मिजारलाई गल्छीबाट देवीघाट आउँदै गरेको बा ३ ख ६६६७ नंको मिनीट्रकले रातमाटेमा ठक्कर दिँदा उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ। 

बसले किच्दा महिलाको मृत्यु
यता जुम्लाबाट काठमाडौँ जाँदै गरेको ना ४ ख ७२४३ नं को बसले किच्दा आज एक महिलाको घटनास्थलमै मृत्यु भएको छ। 

मृत्यु हुनेमा जुम्ला, तातोपानी गाउँपालिका- २ सुन्दरगाउँकी २७ वर्षीया माया सार्की रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक चुडामणि पुनले जानकारी दिए। 

जुम्लाको जर्मी र लिताकोट गाउँबीचको सडकमा उक्त घटना घटेको हो । रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell