PahiloPost

Aug 13, 2026 | २८ साउन २०८३

विष्फोटनमा परी एकको मृत्यु



पहिलोपोस्ट

विष्फोटनमा परी एकको मृत्यु

ईलामः जिल्लाको ईलाम नगरपालिका–९ भञ्ज्याङ चोकमा विष्पोट हुँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको पुवाजुङ घर भएका २८ वर्षीय बिकाश राईको बिष्फोटनमा परेर मृत्यु भएको हो। आफ्नै कोठामा करीब ८० वटा सलाईको बट्टा र सानो जिआई पाइपका टुक्राहरु समेत फेला परेको छ। 

शनिबार आफ्नै कोठामा बिष्फोटन हुँदा गम्भीर घाइते भएका राईको उपचारको लागि जिल्ला अस्पताल ईलाम लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। राईले बिष्फोटक पदार्थ प्रयोग गरी माछा मार्ने काम गर्ने गरेको बताइएको छ। 

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell