PahiloPost

Sep 14, 2025 | २९ भदौ २०८२

ओलीलाई विश्वासको मत दिन माधव नेपालको तर्क के?



पहिलोपोस्ट

ओलीलाई विश्वासको मत दिन माधव नेपालको तर्क के?
फाइल फोटो

काठमाडौं : नेकपा एमालेका नेता तथा पूर्व प्रधान मन्त्री माधव कुमार नेपालले देश परिवर्तन गर्छु भन्दै प्रधान मन्त्री बनेका केपी शर्मा ओलीको पक्षमा मत हाल्न सांसदहरुलाई आग्रह गरेका छन्। 

संसदको जारी बैठकमा प्रधान मन्त्री केपी शर्मा ओलीले विश्वासको मतका लागि प्रस्ताव पेश गरेसँगै बैठकलाई सम्बोधन गर्दै नेता नेपालले भने, ‘प्रधान मन्त्रीज्यू देश विकास गर्छु, परिवर्तन गर्छु भन्दै आउनु भएको छ, उहाँलाई विश्वासको मत दिऔँ।’ 

उनले संसदले परिवर्तनको महत्त्वपूर्ण निर्णय गर्ने अपेक्षा गर्दै नयाँ यात्रा प्रारम्भ भएको समेत उद्घोष गरे। ‘नयाँ यात्रा प्रारम्भ भएको छ। सहमतिको यात्रा प्रारम्भ भएको छ,’ उनले भने, ‘देशमा धेरै द्वन्द्व भए अब सम्वृद्धिको दिशामा अगाडि बढ्नुपर्छ।’ 

उनले सरकार र प्रतिपक्ष एक सिक्काका दुई पाटा भन्दै सबैले प्रधान मन्त्रीलाई साथ दिनुपर्ने उनको बताएका थिए।

‘जनताका पीडालाई आत्मसाथ गर्नुपर्छ। असमानता, भष्टाचार यस्ता विकृतीलाई बडारेर फाल्नु जरुरी छ,’ उनले भने, ‘राजनीतिक विकृतीबाट देशले मुक्ति चाहेको छ। शिक्षा र चेतना बृद्धिमा ध्यान दिनुपर्छ।’ 

उनले देशको मुल नेतृत्वबाट देशले अपेक्षा गरेको हुने भन्दै नेतृत्वले देशको विकासको संकल्प लिनुपर्ने बताए। 

‘प्रधान मन्त्री केपी शर्मा ओलीज्यूको संकल्प विचार हामीले सुनेका छौँ,’ उनले अगाडि भने, ‘जनताले हामीलाई बहुमत दिएको छ। विश्वास गरेका छन्। घच्घच्याएका छन्। नयाँ संस्कार बसालौं। यो देशको मुख्य विशेषता सरकार र प्रतिपक्ष भेटघाट नगर्ने होइन, भेटघाट गरेर अघि बढने हो।’  
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell