PahiloPost

Jun 15, 2026 | १ असार २०८३

१० वर्षमा ८ वटा सरकार बनाउन मेरो हात, गिनिज बुकमा नाम लेख्न कति चाहिन्छ? : प्रचण्ड



पहिलोपोस्ट

१० वर्षमा ८ वटा सरकार बनाउन मेरो हात, गिनिज बुकमा नाम लेख्न कति चाहिन्छ? : प्रचण्ड
फाइल फोटो

काठमाडौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधान मन्त्रीलाई जनचाहना अनुसार काम गर्न आग्रह गरेका छन्। 

संसदमा प्रधान मन्त्रीमा केपी शर्मा ओलीलाई समर्थन मन्तव्य व्यक्त गर्दै उनले भने, ‘हामीले जनतासँग बाचा गरेका छौँ। हामी दिन्छौ, विकास दिन्छौँ, जनताले अब काम खोजेका छन्। भाषण र उपदेश होइन।’

उनले १० वर्षमा १० वटा सरकार बनेको र ८ वटा सरकार बनाउन आफ्नो हात रहेको भन्दै अगाडि भने, ‘अब म सोच्दै छु, कति वटा सरकार बनायो भने गिनिज बुकमा नाम लेख्न सकिन्छ।’ 

उनले सम्वृद्धिका लागि बाम गठबन्धन बनाएको भन्दै अगाडि भने, ‘मैले केपी शर्मा ओलीज्यूलाई मेरो समर्थन छ भनेर एक महिना अघि पत्र दिएको थिएँ। र, आज विश्वासको मत जाहेर गर्दै छौं।’ 

उनले समृद्धिका लागि दृढताका साथ पहल चाल्नेमा समेत आशा व्यक्त गरे। 

‘यहाँबाट भाषण गरेर होइन। सिधै एक्सन चाहिन्छ,’ उनले भने, 'त्यस्तै भाषण होइन काम गरेर देखाउनुस्।’
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell