PahiloPost

Jun 15, 2026 | १ असार २०८३

एकता कपुरको निर्णयले सलमान दु:खी



पहिलोपोस्ट

एकता कपुरको निर्णयले सलमान दु:खी

धेरैलाई थाहा नहुनसक्छ सलमान खानको फिल्म 'जय हो'को सुरुवाती नाम थियो 'मेन्टल'। तर, फिल्ममा यो नाम आएन। निर्देशक कविर खानले सलमानकै 'ट्युवलाइट'को नाम 'मेन्टल' राख्न चाहन्थे। त्यो पनि भएन।

र, अहिले एकता कपुरले कंगना रनावत र राजकुमार राओ स्टारर रहेको फिल्मको नाम राखिन् 'मेन्टल है क्या?' एकताको फिल्ममा यो नाम आउँदा सलमान खानका दाजुभाइलाई मन परेको छैन। 

त्यसो त सलमान र उनका भाइहरुले यस विषयमा कुरा उठाएका छैनन्। तर, एकताले फिल्मको न्वारन गर्दा  उनीहरुसँग कुनै सल्लाह गरिनन्। आउने कुनै फिल्मको 'मेन्टल' नाम राख्ने सलमान खानको योजनालाई यसले असर गर्ला कि नगर्ला त्यो समयले नै बताउनेछ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell