PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

राजपा सरकारमा जान यस्तो शर्त



पहिलोपोस्ट

राजपा सरकारमा जान यस्तो शर्त
फाइल फोटो

काठमाडौं : राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्ष मण्डलका सदस्य महेन्द्रराय यादवले संविधान संशोधन भएपछि मात्र केपी ओली नेतृत्वको सरकारमा जाने बताएका छन्। 

संघीय संसदको बैठकलाई सम्बोधन गर्दै यादवले राजपाले उठाएका संविधान संशोधको मुद्दा पूरा भएपछि मात्र सरकारमा सहभागी हुने बताएका हुन्। 

‘बाहिर राजपा सरकारमा जाने हल्ला चलेको छ,’ यादवे भने, ‘अहिले हामी सरकारमा जाँदैनौं। हामीले उठाएका संविधान संशोधनको माग पूरा भएपछि सरकारले वातावरण तयार गर्छ। अनि हामी सरकारमा सहभागी हुनेछौं।’

एमालेले आवश्यता र औचित्यको आधारमा संविधान संशोधन गर्ने भन्दै आएको छ। आवश्यकता र औचित्यको आधारमा संविधानका कुन विषय संशोधन गर्न सकिन्छ आफूलाई जानकारी गराउनुपर्ने यादवको भनाई थियो। 

हामीले अहिले लिखित प्रतिवद्धता नमाग्ने उनले बताए। प्रधान मन्त्रीको प्रतिवद्धतामा हामी विश्वस्त छौं कि प्रधान मन्त्रीले जे बोल्नु हुन्छ त्यो गर्नुहुन्छ। राजपाका मुद्दा पूरा हुने अपेक्षमा अफूहरु रहेको उनले बताए। 

राजपा पनि देश विकास र समृद्धीको पक्षमा रहेको उल्लेख गर्दै उनले राजनीतिक मुद्दा हल नगरी देशको विकास र समृद्धी सम्भव नभएको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell