PahiloPost

Sep 14, 2025 | २९ भदौ २०८२

प्रदेश नं ५ का मुख्यमन्त्री पोखरेलाई दुई तिहाई मत



पहिलोपोस्ट

प्रदेश नं ५ का मुख्यमन्त्री पोखरेलाई दुई तिहाई मत
फोटो: रासस

रुपन्देही: प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले विश्वासको मत पाएका छन्। उनको पक्षमा ६६ मत परेको छ। प्रदेशसभा ५ को पाँचौ बैठकमा पोखरेलले विश्वासको मत मागेका थिए।

उनको पक्षमा ६६ अर्थात बहुमत मत परेको छ। उनको विपक्षमा  नेपाली काग्रेसका १८ मत परे। सत्तारुढ एमाले र माओवादी केन्द्रसँगै राष्ट्रिय जनमोर्चा, फोरमले पोखरेललाई समर्थन गरे।

कांग्रेसका १८ मत पोखरेललाइ परेका थिएनन। प्रदेश नं ५ मा ८७ जना सभाषद रहेका छन। भने एक जना राजपाको भने सभाषदले सपथ लिएका छैनन। उनलाई  दुईतिहाई मत प्राप्त भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell