PahiloPost

Jun 15, 2026 | १ असार २०८३

अश्वेत सुपरहिरोको ब्लकबस्टर 'ब्ल्याक प्यान्थर'ले कमायो अर्ब डलर



पहिलोपोस्ट

अश्वेत सुपरहिरोको ब्लकबस्टर 'ब्ल्याक प्यान्थर'ले कमायो अर्ब डलर

अश्वेत कलाकारको लिड रोल रहेको ब्ल्याक प्यान्थरको सफलता हलिउड फिल्मको 'बहुपहिचान सिम्बोल' बन्न सफल भएको छ। 

वाल्ट डिज्नीको ब्ल्याक प्यान्थरले विश्वव्यापी रिलिजबाट एक अर्बभन्दा बढी आम्दनी गरेको छ। यो कम्पनीको अर्ब डलर आम्दानी कटाउने यो १६ औं फिल्म हो। 

सुपर हिरोमा आधारित फिल्मको चीनमा रिलिजसँगै १० अंकको आम्दानी छुँदै रेकर्ड बनाएको हो। अमेरिकामा फिल्मले ५२ करोड डलर कमायो। अमेरिकाभित्र धेरै कमाउने शीर्ष १० फिल्मभित्र परिसकेको छ। यसै साता ५० करोड डलरभन्दा बढी अन्तरर्राष्ट्रिय बजारबाट कलेक्ट गर्ने अपेक्षा गरिएको डिज्नीले जनाएको छ। 

लिड रोलमा अश्वेत सुपरहिरोको यो पहिलो ब्लकबस्टरसमेत बनेको छ। ब्ल्याक प्यान्थरले समग्र फिल्म उद्योगकै बहुलवादी पहिचान बनाएको ट्रेड विश्लेषकहरुले जनाएका छन्। 

अमेरिका पछिको ठूलो फिल्म बजार चीनमा फिल्मले राम्रो आम्दानी गरिरहेको छ। फिल्म फ्रेबुअर १६ मा रिलिज भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell