PahiloPost

Aug 13, 2026 | २८ साउन २०८३

प्रधान मन्त्रीले भने: केपी ओलीलाई भोट नदिए पनि अब देश बन्छ, ढुक्क भएर सुत्नुहोला



पहिलोपोस्ट

प्रधान मन्त्रीले भने: केपी ओलीलाई भोट नदिए पनि अब देश बन्छ, ढुक्क भएर सुत्नुहोला

काठमाडौं : प्रधान मन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत माग्दै अब देश बन्ने भएकोले ढुक्कसँग सुत्न आग्रह गरेका छन्।

नीतिमा बाँधिएर केहीले मत नदिएमा बहुदलीय व्यवस्थामा त्यस्तै हुन्छ भनेर मनमनै चित्त बुझाउन सांसदहरुलाई अनुरोध गर्दै ओलीले भने-नीतिमा बाँधिएर दलीय आधारमा मतदान गर्न मिलेन भने ड्राइभरले सोध्ला, 'केपी ओलीलाई भोट दिनुभएन सर?'

यसैगरी घरमा खाना बनाउनेले दिदी केपी ओलीलाई भोट दिनुभएन भनेर सोधेमा चिन्ता लिनु नपर्ने बताए।

प्रधानमन्त्री ओलीले भने- 'बहुदलीय व्यवस्थामा त्यस्तै हुन्छ। देश बन्छ। ढुक्क भएर सुत्नुहोला। निद्रा नबिग्रियोस। चिन्ता नलिनुस्। पटकपटक फर्कीफर्की आफ्नै मनले सोध्ला। के गर्नुभएकोले सोध्ला। जवाफ दिने काम तपाईँको।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell