PahiloPost

Jun 15, 2026 | १ असार २०८३

गगन थापालाई प्रधानमन्त्री ओलीको काउन्टर: इमानको कुनै 'काउन्टडाउन' हुदैंन



पहिलोपोस्ट

गगन थापालाई प्रधानमन्त्री ओलीको काउन्टर: इमानको कुनै 'काउन्टडाउन' हुदैंन

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सांसदहरुको जवाफ दिँदै आफूले बोलेको हरेक कुराको जिम्मेवारी लिने प्रतिबद्धता जनाएका छन्।

नेपाली कांग्रेसका सांसद गगन थापाको प्रश्नप्रति लक्षित गर्दै उनले आफूले बोलेको हरेक कुराको जिम्मेवारी लिने बताएका हुन्।

आफू पार्टीको मात्र नभई देशको प्रधानमन्त्री भएको उल्लेख गर्दै भने, 'एक जना मित्रले यस्तो पनि सुनियो त्यो पनि छन् भन्ने सुनियो। समस्या छन्। हामी गन्तव्य तोकेर कसरी पुग्ने नीति बोकेर, बाटो तय गरेर अघि बढ्छौ। म आफुले बोलेका हरेक कुराको जिम्मेवारी लिन्छु। मैले बोलेको कुरामा उत्तरदायी हुन्छु।'

त्यसैगरी उनले सरकारको दिनगन्ती सुरु भएको भनी दिएको अभिव्यक्तिको जवाफमा भने-अघि एक माननीयले काउन्टडाउन सुरु भयो भन्नुभयो। आज फागुन २७ गते। भोलि २८ गते। एक दिन घटिहल्यो। सबैको सीमा हुन्छ। म पनि सीमाको भित्रमा छु। तर इमानको सीमा छैन मेरो। त्यसको कुनै काउनडाउन हुदैन।'

सदनमा घोषणपत्र पाठ गर्नुभन्दा देश बनाउने विषय प्राथमिकतामा पर्ने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले देश विकासमा लाग्ने बताए। अघिल्लो सरकारले देशको हालत खराब गरेको उल्लेख गर्दै ओलीले भने-म भर्खर बुझदै छु। कस्तो हालतमा रहे छ। कस्तो अवस्थामा छ देश। 

ओलीले औचित्यका र आवश्यकताका आधारमा संविधान संशोधन गर्ने उल्लेख गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell