PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

'क्यान्टिन बस' : जसमा भूगोल होइन, भोजनको यात्रा हुन्छ, हेर्नुस् फोटोमा

'क्यान्टिन बस' : जसमा भूगोल होइन, भोजनको यात्रा हुन्छ, हेर्नुस् फोटोमा

पहिलोपोस्ट /पहिलोपोस्ट


  • प्रविन रानाभाट-


काठमाडौं : यात्रु कुरेर बसेको जस्तो लाग्ने दुई बस, एउटा निलो र अर्को रातो। 'पर्यटक मात्र' लेखिएको यी बसमा चढ्ने कुनै गन्तव्यमा पुग्दैन। बसभित्र तपाईँ हामीले देखिरहने सिट पनि छैन, मोडिफाइड भइसकेको छ। यात्रु ओसार्ने बसको पहिचान फेरिएको छ। यो बस हो 'क्यान्टिन बस' जसमा चढेर तपाईँले पनि पेट पूजा गर्न सक्नुहुन्छ।

यो बसमा भूगोल होइन, भोजनको यात्रा हुन्छ। तर, यो बस समात्न भने तपाईँले अर्को कुनै बस पक्डिनुपर्ने हुनसक्छ। तयार हुनुस्, नगुड्ने बसको यात्रा गर्न। भक्तपुर गठ्ठाघर नजिकै पुग्नुपर्छ त्यसका लागि। आइचेरको सो रुमसँगैको बसभित्रको क्यान्टिनमा छिन् मुना मगर।

कुनै बेला ड्राइभिङ सिटमा ड्राइभर हुन्थे र सडकमा यी बसहरु गुड्थे। अहिले यसको ड्राइभ गर्छिन् मुनाले। उनी चालक होइनन्, तर सञ्चालक हुन्। ४ वर्ष भयो बसभित्र उनले क्यान्टिन सम्हालेको।

यी दुई बस भित्र जान काठको भर्‍याङ पनि छ। भित्र बस्ने ठाउँ पनि क्यान्टिनको आवश्यकता अनुसार बनाइएको छ। ठूलो व्यापार छैन यहाँ तर फरक देखिन्छ। दैनिक २ हजारदेखि ५ हजारको व्यापार हुने गर्छ बसभित्रको क्यान्टिनमा। क्यान्टिनमा आइचरको सोरुमका कर्मचारी र बाहिरका मानिसहरु पनि खान पुग्छन्। गाडीको भाडा मुनाले तिर्नुपर्छ, त्यो पनि न्यून नै छ। मासिक २ हजार रुपैयाँ कम्पनीलाई दिएर क्यान्टिनको सेवा उपलब्ध गराउँछिन् उनी।

सधैजसो बिहान ७ बजे बस खुल्छ। साँझ ७ सम्मै चल्छ। शनिबार जानुहोला नि, नझुक्किनुस् विदाको दिन बसभित्रको यो क्यान्टिन पनि बन्द हुन्छ।



ट्रेन्डिङ पोस्ट

Ncell